बागलुङलाई कृषि तीज गीत प्रतियोगिताको उपाधि
पाेखरा | भदौ १६, २०८१
पोखरा: गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ ।
पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो ।
पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भए ।
द्वितीय भएको म्याग्दीको प्रगति सफल कृषक समूहले २० हजार र तृतीय भएको तनहुँको बेदकालिका कृषक समूहले १० हजारसहित प्रमाण प्राप्त गरे ।
प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राईनास नगरपालिका वडा नम्बर–३ र पर्वतको विहादी आईपिएम कृषक समूह विहादी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे ।
सान्त्वना स्थान प्राप्त गर्ने दुबै समूहले ५/५ हजारसहित प्रमाणपत्र प्राप्त गरे । बिजेताहरुलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको लागि जिल्ला जिल्लाबाट छनौट गरेर ग्राण्ड फिनालेका लागि कृषक समूहहरुलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा पोखरा बोलाइएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

